नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग छलफल गरेका छन्। पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका हुन्।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन्।