बिपी राजमार्ग जापानले अनुदानमा मर्मत गरिदिने

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

बाढी र पहिरोले क्षति पुगेको बिपी राजमार्ग पुनर्निर्माणमा जापान सरकारले सघाउने भएको छ। यस सम्बन्धमा बिहीबार अर्थ मन्त्रालयमा समझदारी-पत्रमा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर खनाल तथा गृहमन्त्री ओमप्रकाश अर्यालसमेतको उपस्थितिमा अनुदानसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको हो। जापानले सडकको पुननिर्माणका लागि २ अर्ब ३० करोड दिने भएको छ। 

अर्थ मन्त्रालयका अनुसार जापानले सो सडक अनुदानमा मर्मत गरिदिने भएको छ। गत वर्षको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको छ। सो राजमार्ग जापान सरकारले नै अनुदानमा बनाइदिएको हो। 
 

सुझावित समाचार