भारतविरुद्ध खेल्ने नेपाली टोली घोषणा, तीन खेलाडीलाई मौका

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतविरुद्ध खेल्दै छ। प्रशिक्षक नवीन न्यौपानेले तीन खेलाडीलाई मौका दिएका छन्।

गोलकिपर अञ्जना रानामगरले नियमित गोलकिपर तथा पूर्वकप्तान अञ्जिला तुम्बापो सुब्बाको स्थान लिँदै छिन्। लेफ्ट ब्याक मनमाया दमाईं र सेन्ट्रल मिडफिल्डर दीपा शाहीले पनि पहिलो एघारमा खेल्ने अवसर पाएका छन्।

इरानवरुद्ध खेलेकी हिराकुमारी भुजेलको स्थानमा मनमाया र निशा थोकरको स्थानमा दीपा शाही खेल्न लागेका हुन्।

नेपाल र भारत दुवै टोली सुखद अन्त्यको लक्ष्यमा हुनेछन्। भारत पहिलो खेलमा इरानसँग २–० र नेपाल पनि इरानसँग ३–० ले पराजित भएको थियो।

यस्तो छ नेपाली टिम :
गोलकिपर : अञ्जन रानामगर 
डिफेन्डर : मनमाया दमाईं, समीक्षा घिमिरे, विमला बिक र पूजा राना 
मिडफिल्डर : रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सविता रानामगर 
स्ट्राइकर : रेखा पौडेल, सावित्रा भण्डारी (कप्तान)

सुझावित समाचार