सार्क ट्यांकमा ग्यालेक्सी जेड फोल्ड–७ र फ्लिप–७ सार्वजनिक

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

सामसङ नेपालले फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–७ र ग्यालेक्सी जेड फ्लिप–७ सार्वजनिक गरेको छ । सामसङले यी नयाँ डिभाइसहरू सार्क ट्यांक नेपालका सार्कलाई प्रस्तुत गरेको हो । 

कार्यक्रमले सामसुङ नेपाल, सार्क ट्यांक नेपाल र हिमालय टिभीबिचको सहकार्यलाई चिन्हित गरेको छ । कार्यक्रमले दुई अग्रगामी शक्तिहरू, अत्याधुनिक प्रविधि र साहसी उद्यमशीलताबिचको अनौठो सहकार्यको प्रतीक प्रस्तुत गरेको छ ।

यस अवसरमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘सामसङ सधैँ मानिसलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावना खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ, जुन सार्क ट्यांक नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ । नयाँ ग्यालेक्सी जेड फोल्ड–७ र फ्लिप–७ नवप्रवर्तन र बहुमुखी प्रतिभाका प्रतीक हुन्, उनीहरूका लागि बनेका छन्, जो विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्छन् ।’

सुझावित समाचार