काठमाडौंमा छठ पर्वको तयारी (तस्बिरहरू)

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी तीव्र गतिमा भइरहेको छ। विशेषगरी गौरीघाटलगायतका नदी किनारहरूमा सरसफाइ र सजावटको काम सुरु गरिएको छ।

प्रत्येक वर्ष सूर्यदेवको आराधनाको रूपमा मनाइने छठ पर्वमा श्रद्धालुहरू व्रत बस्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्।

खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।

सुझावित समाचार