वरपिपल चोक अबदेखि विपिन चोक

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ मालिकार्जुन टोलदेखि विपिन जोशीको घर प्रवेशस्थलमा रहेको वरपिपल चोकको नाम अबदेखि विपिन चोक रहनेछ । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी मारिएपछि वरपिपल चोकको नाम परिर्वतन गरेर विपिन चोक (पिपलबोट) नामकरण गरिएको हो ।

मालिकार्जुन टोल विकास समितिले विपिन जोशीको स्मृतिमा वरपिपल चोकलाई विपिन चोकमा परिणत गर्ने निर्णय गरेको छ । मालिकार्जुन टोल विकास समितिका अध्यक्ष जनकराज भट्टले इजरायल–प्यालेस्टाइनबिचको हमलामा हमास समूहले नियन्त्रणमा लिएका विपिन मारिएसँगै उनको स्मृतिमा चोकको नाम राखिएको बताए ।

विपिनको स्मृतिमा टोलबासीले श्रद्धाञ्जली सभासमेत गरेका छन् । टोलबासीले विपिन चोक क्षेत्रमा सडक बत्ती एवं फोहोर व्यवस्थापनको समेत माग गरेका छन् । श्रद्धाञ्जली सभामा शैल्यशिखर नगरका निवर्तमान मेयर अमरसिंह धामीले टोलकै मिहिनेती लगनशील युवाको दु:खान्त निधन भएको बताए । भीमदत्त नगरपालिका– ३ का वडाध्यक्ष गगन धामीले विपिनलाई गुमाएसँगै वडा मात्रै होइन देशले नै अपूरणीय क्षति व्यहर्नुपरेको बताए । उक्त चोकदेखि उत्तर–पूर्व विपिन जोशीको घर करिब अढाई सय मिटरमा छ । ४ कात्तिक ०८२ मा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ विपिनको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । 

सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरका विद्यार्थी विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । इजरायलको किबुमा हमास समूहको आक्रमणमा विपिनसहित ११ विद्यार्थीले ज्यान गुमाएका थिए । 

See More On

सुझावित समाचार