नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

कैलालीको जानकी गाउँपालिकामा नहरमा नुहाउने क्रममा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३, घर भई टीकापुर नगरपालिका–१, बस्ने दिदीबहिनी अन्दाजी नौ वर्षीया निशा बजगाईं, १० वर्षीया मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी नौ वर्षीया डम्मरा उपाध्यायको मृत्यु भएको टीकापुर प्रहरीले जनाएको छ ।

रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी–५, पथरैया गुजरुवास्थित सातबिघा नजिकै कुलरिया नहरमा नुहाउने क्रममा दिउँसो घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषी जानकी–५, स्थित मामाघर गएका थिए । तीनै बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको टीकापुर प्रहरीले जनाएको छ ।

सुझावित समाचार