स्थानीय बजारमा बिहीबार सुनको मूल्यले साढे दुई लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ५० हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको तुलनामा आज तोलामा दुई हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।
बुधबार दुई लाख ४८ हजार नाै सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार २४० रुपैयाँ रहेको चाँदी आज तीन हजार २७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तीन हजार ३२५ रुपैयाँसम्म पुगेको थियो ।