नेप्से दोहोरो अंकले घट्यो

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

बुधबार दोहोरो अंकले घटेर नेप्से परिसूचक २५ सय विन्दुनजिक आइपुगेको छ। नेप्से २२.५८ अंकले घटेर दुई हजार ५०५.५८ विन्दुमा कायम भएको हो। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेको छ।

बुधबार ३१८ कम्पनीका ७६ लाख ११ हजार ६६० कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब १० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।

आज म्युचल फन्ड ०.२४ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सबैभन्दा धेरै (२.०९ प्रतिशत) घट्दा विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह एक प्रतिशतभन्दा धेरै घटेका छन्।

सर्वाधिक बढेको समता घरेलु लघुवित्तका लगानीकर्ताले ६.९३ प्रतिशत आर्जन गर्दा समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोमा नकारात्मक सर्किट लागेको छ।

सुझावित समाचार