ब्ल्याक–डेकरका सामान किन्दा बाइक जित्ने र भियतनाम घुम्ने अवसर

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले दसैँ–तिहार विशेष योजना ल्याएको छ । कम्पनीले नेपाली ग्राहकका लागि यो योजना ल्याएको हो । योजनामा ग्राहकले हिरो स्प्लेन्डर बाइकदेखि भियतनाम ट्रिपसम्मका आकर्षक उपहार जित्न सक्नेछन् । 

कम्पनीका अनुसार ब्ल्याक प्लस डेकरका घरेलु सामग्री खरिद गर्दा बम्पर पुरस्कारमा भाग्यशाली विजेताले भियतनाम यात्रा गर्ने अवसर र हिरो स्प्लेन्डर मोटरसाइकल जित्न सक्नेछन् । त्यस्तै, लक्की ड्रअन्तर्गत दुईजनाले सिजी सफारी ट्रिपको मौका पाउनेछन् । यो योजनाको उद्देश्य ग्राहकको अनुभवलाई थप विशेष बनाउने रहेको कम्पनीको भनाइ छ ।

नेपालमा सिजी इलेक्ट्रोनिक्सले ब्ल्याक प्लस डेकरका उत्पादन बिक्री गर्दै आइरहेको छ । यी सामान सिजी डिजिटल आटउलेट, एलजी सपिज आउलेट तथा अन्य आधिकारिक च्यानल पार्टनरमार्फत खरिद गर्न सकिने बताइएको छ । यस योजनामा सहभागी हुन ग्राहकले यस कम्पनीका कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ । र, त्यहाँ रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहक स्वत: लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार