जनमत पार्टी विभाजित : जनस्वराज पार्टीलाई आयोगको मान्यता

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

डा. सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठित जनस्वराज पार्टीलाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगले जनमत पार्टीको विभाजनलाई मान्यता दिएको हो । 

आयोगको बैठकले मंगलबार दललाई मान्यता दिएको छ भने दल दर्ताको बाँकी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । आयोगले जनस्वराज पार्टीलाई पठाएको पत्रमा अन्य राजनीतिक दलहरूको चुनाव चिह्नसँग नबाझिने गरी चुनाव चिह्न प्रस्ताव गर्न पनि अनुरोध गरेको छ । नयाँ दलबारे सबै प्रदेश सभा सचिवालय, प्रदेश तथा जिल्लाका निर्वाचन कार्यालयलाई जानकारी दिने पनि आयोगले निर्णय गरेको छ । जस्वपाको केन्द्रीय कार्यालय सूर्यविनायक नगरपालिका– ३ भक्तपुरमा छ । 

नयाँ पार्टीका चार उपाध्यक्षमा इरफान अहमद शेष, सुरज सिंह, सुरेन्द्रनारायण यादव, शम्भुनाथ साह छन् । महासचिवमा सुनीलकुमार यादव छन् । सञ्जयकुमार यादव, राजेन्द्र राय, हेमलता रजक, मदनेशकुमार चौधरी सचिव तोकिएका छन् ।

पार्टीको केन्द्रीय सदस्यमा नरेशप्रसाद कुशवाह, भवानी मेहता, नसिमुन जहाँ शेष, जुलेखा बिबी खातुन, करयायी देवी, वीरेन्द्र साह सोनार, सञ्जयकुमार, सरोजकुमार साह, अमिरीबाबु साह, पुनमदेवी यादव, प्रद्युम्न चौधरी, पार्वती चौधरी, रामप्रवेश साह सोनार, सुनिताकुमारी यादव, विजयकुमार यादव र सुरुचि लाल छन् । 

सुझावित समाचार