सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको एमालेनिकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौंमा संयुक्त विरोध प्रदर्शन गरेका छन्।
मंगलबार अपराह्न भूमि अधिकार तथा श्रमिक संगठन नेपालको आह्वानमा काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा गरिएको हो। कोणसभामा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङले आयोग तत्काल पुनर्स्थापना नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए। उनले गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको स्पष्ट पारे।
किसान महासंघका अध्यक्ष दंगालले भने, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान आयोग अविलम्ब पुनर्स्थापना गर्न र तत्काल निर्णय सच्याउन माग गर्दै सो निर्णय सरकारले फिर्ता नलिए पाँच लाखभन्दा बढी श्रमिक तथा किसानलाई सडकमा उतार्ने चेतावनी दिए।