त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। शिक्षा मन्त्रालयले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री कार्यालयमा रहेको प्रतिवेदन माग गरेका थिए। तत्कालीन केपी ओली सरकारले लुकाएर राखेको प्रतिवेदन पुनले प्राप्त गरेलगत्तै सार्वजनिक गरेका हुन्।
समितिले २ पुस ०८१ मै प्रतिवेदन बुझाए पनि त्यसलाई कार्यान्वयन गर्नुको साटो सरकारले नै लुकाएको थियो।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :