नबिल इन्भेस्टमेन्टको २६.३१ प्रतिशत लाभांश पारित

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको साधारणसभाबाट लाभांश पारित गरिएको छ । शुक्रबार सम्पन्न कम्पनीको १६औँ सभाबाट सेयरधनीलाई दिने कुल २६.३१ प्रतिशत लाभांश पारित भएको हो ।

जसमध्ये २५ प्रतिशत अर्थात् आठ करोड १० लाख रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ १.३१ अर्थात् ४२ लाख ६३ हजार एक सय ५७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । सभामा कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यका साथै सञ्चालक समितिका सदस्यलगायतको उपस्थिति थियो । 

सुझावित समाचार