काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री : सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुँदै

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ। महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ। यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउनेछन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण तयार हुँदै छ।

डिजिटल कक्षाकोठा स्थापनाका सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भन्छन्, ‘हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन् । उनीहरूमा गर्ने लगानीले मात्र उनीहरूलाई विद्यालय, समाज र देशप्रति गर्व गर्न सक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । यस अभियानमा सबैको अपनत्व र सहभागिता अपरिहार्य छ ।’

महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरले स्मार्ट बोर्डको गुणस्तरीयतामा विशेष ध्यान दिएको छ । विद्यालयलाई स्मार्ट बोर्ड खरिदका लागि बजेट पठाइएको र  विद्यालयले खरिद गर्दा गुणस्तर कायम गर्न न्यूनतम मापदण्ड तोकिएको उनले बताए । 

सुझावित समाचार