गृह मन्त्रालयले पूर्व र बहालवाल पदाधिकारीलाई स्वीकृत मापदण्डविपरीत प्रदान गरिएका सुरक्षाकर्मी तत्काल फिर्ता गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयमा बिहीबार बसेको तीनवटै सुरक्षा निकायका प्रमुखबिच बसेको बैठकले मापदण्डविपरीत पूर्व र बहालवाला पदाधिकारीलाई प्रदान गरिएको सुरक्षाकर्मी तत्काल फिर्ता गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहको निर्णय कार्यान्वयनमा गइसकेको र केही सुरक्षाकर्मी फिर्तासमेत भएको बताए।
उनले भने, ‘गृह मन्त्रालयमा आज भएको बैठकले पूर्व र बहालवाला पदाधिकारीलाई मापदण्डविपरीत प्रदान गरिएका सुरक्षाकर्मी तत्काल फिर्ता गर्ने निर्णय गरेको छ। निर्णय कार्यान्वयनमा गइसकेको छ। कतिपय सुरक्षाकर्मी फिर्तासमेत भइसकेका छन्।’
गृहका अनुसार पूर्व तथा बहालवाल पदाधिकारीका लागि तीन सयभन्दा धेरै सुरक्षाकर्मी मापदण्डविपरीत खटाइएको छ।