वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो, मनसुन अझै केही दिन रहने

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

ठुलो वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। प्रणाली बाहिरिएसँगै मौसममा सुधार आएको, तर मनसुन भने अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


विभागले आइतबार प्रेस विज्ञप्ति जारी गरी असोज २० गते अपराह्नसँग नदीआसपासका क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ। सामान्यतया मनसुन १६ असोजमा नेपालबाट बहिर्गमन हुने भए पनि यो वर्ष केही ढिलो हुने विभागले जनाएको छ। 

कोशी र मधेका केही जिल्लामा भने आइतबार पनि वर्षा भइरहेको छ। सोमबारदेखि कतै मध्यम वर्षा भए पनि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुझावित समाचार