सडक डिभिजन भरतपुरले भन्यो- नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै अवरोध छैन

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।  

दसैँ सुरु भएसँगै पहिराेका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकमा आज भने निर्वाध रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको सडक डिभिजन भरतपुरका  साइट सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् । मंगलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका– ५ स्थित तुइनखोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हाे। 

सुझावित समाचार