प्रेस काउन्सिलले जेन–जी आन्दोलनमा गोली लागेका पत्रकारहरूलाई आर्थिक सहयोग गर्ने

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले जेन–जी आन्दोलनको क्रममा समाचार संकलन गर्दा गोली लागेर घाइते भएका पत्रकारहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो गएर अवरुद्ध भएको समाचार संकलनका क्रममा गम्भीर घाइते भएर उपचाररत नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र क्यामेरा पर्सन सुजन पौडेललाई पनि आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बोर्डका सदस्य पदमराज जोशीको अध्यक्षतामा बसेको बैठकले प्रेस काउन्सिलमातहत रहेको पत्रकार कल्याण कोषबाट यथाशीध्र पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराइने निर्णय गरेको छ । जेन–जी आन्दोलनको समाचार संकलन गर्ने क्रममा काठमाडौंमा चारजना पत्रकारलाई गोली लागेर घाइते भएका थिए । बैठकले जोखिमयुक्त क्षेत्रमा समाचार संकलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

सुझावित समाचार