नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार भने सुनको मूल्य दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर दुई हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।