हिमालयन सेक्युरिटिजको लाभांश पारित

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

हिमालयन सेक्युरिटिज लिमिटेडले सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षकोे सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरण)लगायतका वार्षिक विवरणउपर छलफल गरी पारित गरेको छ ।

सुझावित समाचार