ऐतिहासिक खेलमा रोहित बने प्लेयर अफ द म्याच

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

टेस्ट खेल्ने देशविरुद्ध पहिलो जित निकालेको ऐतिहासिक खेलमा नेपालका कप्तान रोहित पौडेलले प्लेयर अफ द म्याच अवार्ड पाएका छन्। ब्याटिङ र बलिङ दुवैतर्फ उनले उत्कृष्ट योगदान दिएका थिए। 
ब्याटिङतर्फ उनले ३५ बलमा ३८ रन बनाएका थिए। बलिङमा पनि उनले एक विकेट लिए। 

युनिटी कप नाम दिइएको वेस्ट इन्डिजसँगको यो सिरिजको पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको हो। वेस्ट इन्डिजसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। नेपालकै आयोजना भइरहेको यो सिरिज युएईको शारजहाँमा भइरहेको छ। 

सुझावित समाचार