गत फागुनमा सम्पन्न २४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट २४ लाख २२ हजार ७६ रुपैयाँँ बचत भएको भएको छ।
आहा तथा रारा तयारी चाउचाउको उत्पादक कम्पनी हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आयव्यय विवरण आयोजक सहारा क्लब पोखराले बिहीबार सार्वजनिक गरेको हो। भान्छा घर लंग्रेन प्रिमियम बासमती राइसको सहप्रायोजनमा गत २२ माघदेखी ३ फागुनसम्म भएको प्रतियोगिता संचालन भएको थियोर
प्रतियोगिताबाट आयोजकले एक करोड ३९ लाख ६७ हजार ७३४ रुपैयाँ आम्दानी गर्दा एक करोड १५ लाख ४५ हजार ६५८ रुपैयाँ खर्च गरेको आयोजक क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
आयोजकले अनुमानभन्दा करिव तीन गुणा बढी आम्दानी गरेको हो। एक करोड ४२ लाख २० हजार खर्च, एक करोड ५१ लाख आम्दानी एवं आठ लाख ८० हजार बचत हुने आयोजकको अनुमान थियो।
प्रतियोगितामा ए डिभिजन, विभागीय, मोफसल, आयोजकसहित नौ स्वदेशी र तीन विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गरेका आयोजक क्लबका अध्यक्ष केशवराज बरालले बताए। प्रतियोगिताको उपाधि पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले हात पारेको थियो। प्रतियोगिताको ६ पटकको विजेता नेपाल पुलीस क्लबलाई ३–१ गोल अन्तरले पराजित गदै ब्ल्याक बुल्सले पहिलो सहभागितामै प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो।
एकेडेमीमा चौथो ब्याचका ३० बालक
विगत २३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता संचालन गदै आएको सहारा क्लबले ०५८ सालदेखी फुटबल एकेडेमीसमेत संचालन गरिरहेको छ। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरु आश्रित पोखरा १७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालकहरु छन्।
उनीहरुको आवास, पालनपोषणसँगै शिक्षादीक्षा फुटबल प्रशिक्षणको काम क्लबले गदै आएको अध्यक्ष बरालले जानकारी दिए। प्रत्येक वर्ष प्रतियोगिताको संचालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमी संचालनको लागि खर्च गदै आएको उनले बताए।