वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार उपत्यकाका विभिन्न उद्योग तथा फर्मको अनुगमन गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको जनाएको छ ।
विभागले अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४ मा रहेको बार टी स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
उक्त स्टोरमा उपभोक्ता संरक्षण ऐनको दफा २९ को १(क)बमोजिमको कसुर भेटिएको विभागले जनाएको छ । यस्तै, १७ वटा फर्म र पसललाई सामान्य निर्देशन दिइएको छ । निर्देशन पाउनेमा मध्यपुर थिमि– १५ को पुनिक ब्रदर्स फेसन, भक्तपुर नगरपालिका– ३ का लिखु एग्रिकल्चर डिपार्टमेन्ट स्टोर, भक्तपुर जुत्ता भण्डार, माँ लक्ष्मी फुड सेन्टर, जेविन चस्वालय एन्ड बुटिक, काठमाडौं महानगरपालिका– २४ को निरु ट्रेडर्स छन् ।
काठमाडौं– ३ का श्रेष्ठ खाद्यान्न खुद्रा पसल, एन्ड ए खाद्य भण्डार, टोखा नगरपालिका–७ को लिब्जु कलेक्सन, काठमाडौं– १४ का उज्ज्वल इन्टरप्राइजेज, मनकामना स्टोर, बार एस ट्रेड कन्सर्न, काठमाडौं– १३ को बनाया ट्रेडर्स, ललितपुर महानगरपालिका– १३ को सगरमाथा एग्रो ट्रेडिङ प्रालि, ललितपुर– ४ को दुर्गा ट्रेड कन्सर्न, ललितपुर– १० को होराइजन मार्ट प्रालि र ललितपुर– ३ को अल्टिमेट फाइन आउटफिटर प्रालि छन् ।