चाडबाडमा गोदरेजको योजना ‘मनैदेखि वाउ !’

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन गोदरेज एप्लायन्सेसले ‘मनैदेखि वाउ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न अत्याधुनिक उत्पादनको खरिदमा आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउनेछन् । 

ग्राहकले साइड बाई साइड रेफ्रिजेरेटर किन्दा एउटा वाटर डिस्पेन्सर उपहार पाउनेछन् । त्यसैगरी, फ्रोन्ट लोड वासिङ मेसिनमा एरियल ६ केजी सरफ, टप–ट्विन टब वासिङ मेसिनमा तीन केजी एरियल सरफ र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा पाउनेछन् । यसका साथै साढे ३१ हजारसम्मको क्यासब्याक, फ्री डेलिभरी र सहज किस्ताबन्दी सुविधा पनि पाइने कम्पनीले जनाएको छ ।

यो योजनाले ग्राहकलाई चाडपर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने कम्पनीको विश्वास छ । भारतीय गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको यस कम्पनीले फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डिप फ्रिजर, एयर कुलरलगायतका उपकरण उत्पादन गर्दै आइरहेको छ । यी उपकरणलाई चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 

सुझावित समाचार