काठमाडौं जिल्ला प्रशासनमा बाँड्न तयार डेढ लाख राष्ट्रिय परिचयपत्र जलेर खरानी

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण
काठमाडौं जिल्ला प्रशासनमा बाँड्न तयार डेढ लाख राष्ट्रिय परिचयपत्र जलेर खरानी

तस्बिर एआईबाट तयार गरिएको

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा महत्त्वपूर्ण कागजात जलेर खरानी भएका छन्। नागरिकता, राहदानी, मुद्दा र संघसंस्थासम्बन्धी कागजातमा आगजनीले क्षति पुर्याएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार कार्यालयमा भण्डारणमा रहेका बाँड्न तयार करिब डेढ लाख राष्ट्रिय परिचयपत्रसमेत जलेर खरानी भएको छ। ०२५ देखिका नागरिकताका अभिलेखसमेत जलेका छन्।

त्यसैगरी संस्थातर्फका अभिलेख, उजुरी र मिसिलहरूसमेतमा आगजनी भएको छ। यसैबिच कार्यालयले आफ्ना सेवा नियमित गरेको छ। नागरिकता, नाबालक परिचयपत्र, प्रतिलिपि नागरिकता सिफारिसलगायतका सेवा सुरु गरिएको छ।

सुझावित समाचार