कपिलवस्तुमा ब्राउन सुगरसहित ४ जना पक्राउ, स्कुटरसहित लागुऔषध बरामद

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

कपिलवस्तु प्रहरीले पछिल्लो दुई दिनमा विशेष अपरेसनमार्फत ४ जनालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकासँगै करिब ३ ग्राम ब्राउन सुगर र एक स्कुटरसमेत बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा असोज २ गते वाणगंगा नगरपालिका–८, ढोडेकोलनिवासी २६ वर्षीया सीता भन्ने सकुन्तला मानन्धर र वाणगंगा–७ बस्ने ३४ वर्षीय सन्तोष भन्ने नरबहादुर पुनलाई नियन्त्रणमा लिइएको बताएको छ ।

 इलाका प्रहरी कार्यालय पिपाबाट खटिएको प्रहरी टोलीले मानन्धरको घरभित्र सुन राख्ने बट्टामा लुकाइराखेको १ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित लु ४१ प ३०२५ नं को स्कुटर बरामद गरेको बताएको छ । त्यसैगरी, असोज ४ गते कपिलवस्तु नगरपालिका–११, अदौराकोटमा लागुऔषध कारोबार भइरहेको जानकारी पाएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको बताएको  छ।

पक्राउ पर्नेमा अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र वाणगंगा–११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन्।  उनीहरूको साथबाट क्रमशः ५३० मिलिग्राम र १ ग्राम ५७० मिलिग्राम गरी करिब २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी रिपेन्द्रकुमार सिंहले भने। लागुऔषध नियन्त्रणमा प्रहरी निरन्तर सक्रिय रहेको बताएका छन्। पक्राउ परेकामाथि जिल्ला अदालतबाट २० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको सिंहले बताएका छन् ।

सुझावित समाचार