तेस्राे दिनमा खुल्याे मुग्लिन-नारायणगढ सडक

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
तेस्राे दिनमा खुल्याे मुग्लिन-नारायणगढ सडक

तस्बिर : राजेन्द्र आचार्य

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।  पहिराे पन्छाएपछि अपराह्न सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइनखोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ सवारीसाधन सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्। पहिराेकाे कारण अवरुद्ध सडक ४५ घण्टापछि  नियमित भएकाे हाे ।

सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले डोजर, रोलर प्रयोग गरेर दुईतर्फी  बाटो खुलाउने प्रयास गरिरहेको छ ।

सुझावित समाचार