हट्यो नवलपुरमा निषेधाज्ञा र कर्फ्यु

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

देशले नयाँ प्रधानमन्त्री पाएसँगै देशभर परिस्थिति सामान्य बनेपछि नवलपुरमा पनि स्थिति सामान्य बन्दै गएको छ । यहाँ लागेको कर्फ्यु शुक्रबारबाट हटेको थियो भने आज शनिबारबाट निषेधाज्ञा पनि हटेको छ । कर्फ्युर निषेधाज्ञा सबै हटेसँगै नवलपुरको जनजीवन सामान्य बन्दै गएको छ ।

यहाँ बजारहरु खुल्न थालेका छन् भने चोकचोकमा मान्छे जम्मा हुने क्रम बढेको छ । स्थिति शान्त हुँदै गएपछि यहाँका व्यापारिक चहलपहल पनि बढ्न थालेको छ । सडकमा लामा तथा छोटा दुरीका सवारी साधन चल्न थालेका छन् । दुई  दिने जेनजी आन्दोलनले नवलपुरमा स्थानीय तह, पार्टी कार्यालय, जनप्रतिनिधिहरुको घरहरु तोडफोड तथा आगजनी भएको थियो । नवलपुरको क्षतिको यकिन विवरण भने आइपुगेको छैन । थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय नवलपुरले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले आज शनिबार एक सूचना जारी गरी निषेधाज्ञा पनि हटाएको जनाएको छ ।

See More On

सुझावित समाचार