शव व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले बनायो विशेष टोली

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शववाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो । 

विशेष टोलीका सदस्यहरूमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् ।  महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।
 

सुझावित समाचार