विराटनगरमा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

मोरङ प्रशासनले विराटनगरमा शुक्रबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि शनिबार बिहान ४ बजेसम्म कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुरक्षा समितिको निर्णयअनुसार शान्ति सुरक्षाको अवस्थालाई ख्याल गर्दै  शुक्रबार दिउँसो पनि विराटनगरमा  निषेधाज्ञा र राति कर्फ्यु आदेशलाई निरन्तरता दिएको जानकारी गराएका छन् ।  

निषेधाज्ञाको समयमा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई  सीमित कर्मचारी राखेर सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ। 
 

See More On

सुझावित समाचार