जटिल परिस्थितिमा विदेशी नागरिकलाई सहयोग गर्न सेनाको आग्रह

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

नेपालमा हाल उत्पन्न जटिल परिस्थितिका कारण आपतकालीन अवस्थामार्फत उद्धारलगायतका सहयोग आवश्यक परेमा नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई सम्पर्क गर्न नेपाली सेनाले सबै विदेशी नागरिकलाई आग्रह गरेको छ ।

मंगलबार सेनाले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिकहरूले कठिन परिस्थितिमा पर्न गए तत्काल सुरक्षाकर्मीमार्फत सहयोग लिन सक्ने उल्लेख छ । यस्तै, होटेल, पर्यटन व्यवसायी तथा अन्य सम्बन्धित संस्थाहरूलाई पनि विदेशी नागरिकहरूको उद्धार तथा आवश्यक सहयोगका लागि समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ ।

सुझावित समाचार