बिर्तामोड नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, एमाले पार्टी कार्यालय तोडफोड

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

आन्दोलनरत जेन–जीले बिर्तामोड नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा गरेका छन्। १९ जना जेन–जीलाई सरकारले गोली ठोकेर हत्या गरेपछि आक्रोशित जेन–जीले बिर्तामोडमा रहेको जिल्ला ट्राफिक कार्यालयको पुरानो भवनमा पनि तोडफोड गरेका छन्।

त्यस्तै, झापाको एमाले जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड भएको छ ।  आक्रोशित युवाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराई सोही मार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। 

See More On

सुझावित समाचार