हेटौँडामा बिहानैदेखि प्रदर्शन, जेन–जीको समर्थनमा सर्वसाधारण सडकमा

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

हेटौँडामा बिहानैदेखि  सरकारविरोधी प्रदर्शन सुरु भएको छ। जेन–जी पुस्तालाई समर्थन गर्दै हेटौँडा– १६ मा आमसर्वसाधारण टायर बालेर विरोधमा उत्रिएका हुन्। भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्तालगायतको माग राख्दै जेन–जी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आमसर्वसाधारण सडकमा आउन थालेका छन् ।

हेटौँडामा आज पनि जेन–जी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । उनीहरूले आज बिहान् १० बजे हेटौँडा उपमहानगरपालिकाको गेटअगाडि भेला हुन आह्वान गरेका छन् । बिहानैबाट हेटौँडा बजारमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको छ । यता पश्चिम मकवानपुरमा जेन–जीको समर्थनमा व्यापारीहरूले बजार बन्द गरेका छन् । व्यापारीहरूले प्रदर्शनको समर्थनमा स्वतः बजार बन्द गरेको बताएका छन् । उनीहरूले राजमार्गसमेत बन्द गराएका छन् ।

सुझावित समाचार