भ्रष्टाचारविरोधी आन्दोलनमा १९ जनाको मृत्यु,दुई सय धेरै घाइते(भिडियोसहित)

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गाली चलाउँदा १९ जनाले ज्यान गुमाएका छन्। गोली लागेर करिब दुई सय जना घाइते भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रहरीबाट प्राप्त विवरण अनुसार १९ जनाको मृत्यु र २ सय जना हाराहारी घाइते भएको जानकारी दिए। आन्दोलनले उग्र रुप लिएपछि काठमाण्डौं, ललितपुर, रुपन्देही, कास्की लगायतका जिल्लाका संवेदनशिल क्षेत्रमा कप्र्यु जारी गरिएको छ ।घाइतेमध्ये ४० जना भन्दा धेरैको अवस्था गम्भीर छ। 

प्रर्दशनमा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंको नयाँबानेश्वरमा भएको आन्दोलनमा १७ जनाको मृत्यु भएको छ । सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले काठमाण्डौंबाट ४० जना प्रर्दशनकारीलाई पक्राउ गरेको जनाएको छ ।  

सुझावित समाचार