बानेश्वर क्षेत्रमा सैन्य टुकडी परिचालन

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण
बानेश्वर क्षेत्रमा सैन्य टुकडी परिचालन

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

जेन–जी पुस्ताको आन्दोलन भइरहेको क्षेत्र नयाँ बानेश्वरमा नेपाली सेना परिचालन भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त क्षेत्र र राष्ट्रपति भवन महाराजगन्ज क्षेत्रमा कर्फ्यु जारी गरेको छ। सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले शान्तिसुरक्षामा सहयोगका लागि सानो संख्यामा सैनिक टुकडी परिचालन भएको पुष्टि गरे।

‘काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकमा गरिएको अनुरोध र निर्णयअनुसार  नेपाली सेनाको सानाे टुकडी परिचालन भएको छ। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सानो टुकडी परिचालित भएको हो,’ सैनिक प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने।

See More On

सुझावित समाचार