सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे बाँस्कोटा– सरकारले उत्तर कोरिया बनाउने भएछ

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे बाँस्कोटा– सरकारले उत्तर कोरिया बनाउने भएछ

फाइल तस्बिर

सत्तारूढ दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले देशलाई उत्तर कोरिया बनाउन लागेको टिप्पणी गरेका छन्।

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पूर्वसञ्चारमन्त्री बास्कोटाले यस्तो कटाक्ष गरेका हुन्। आफूले मन्त्री हुँदा सामाजिक सञ्जाललाई नियमन गर्ने प्रस्ताव गरेको उल्लेख गर्दै उनले सूचना नै रोक्ने काम गर्न नहुने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले। तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’

सुझावित समाचार