दुसित होटेल्सको आइपिओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।  

See More On

सुझावित समाचार