आज हरितालिका तिज : पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिरहरू)

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवाधिदेव महादेवको पूजा–आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्म शास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

तिजको व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुणसम्पन्न वर वा वधू पाउने शास्त्रीय वचन रहेको छ । हरितालिका तिज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

See More On

सुझावित समाचार