उदयपुर प्रहरीले अवैध रूपमा भन्सार छली गरेर नेपाल भित्रिएको भारतीय पेयपदार्थ (डिउ)सहित एउटा मिनीट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कटारीले सोमबार बिहानकाे राति कटारी नगरपालिका- १, बेलस्रोतबाट नियन्त्रणमा लिएकाे हाे । प्रहरीले नियमित चेकजाँचका क्रममा सिद्धिचरण लोकमार्ग हुँदै मिर्चैयाबाट घुर्मीतर्फ जाँदै भन्सार छली गरी ल्याइएकाे डिउ बाेकेकाे बा.३ख ३९६ नम्बरको मिनीट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि खैरटोकाे माडर भन्सार कार्यालय, सिराहा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।
उनका अनुसार ट्रकमा तीन लाख १७ हजार ५२० रुपैयाँबराबरको २४५ कार्टुन अवैध भारतीय डिउ फेला परेको थियो । चेकजाँचका क्रममा विनाबिलको उक्त सामानसहित ट्रक र चालक सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका- ५ का २९ वर्षीय भेषनाथ लुइँटेललाई पनि नियन्त्रणमा लिइएको थियाे ।