प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान पाउनुपर्ने माग राख्दै आइतबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका किसानले दोस्रो दिन पनि माइतीघरमा धर्ना दिएका छन्।
दोस्रो दिनको धर्नामा करिब ६ सय किसान भेला भएका थिए। दिउँसो २ बजेपछि माइतीघरबाट बानेश्वरसम्म किसानले र्यालीसमेत निकालेका छन्।
सरकारले विगतदेखि नै प्रदान गर्दै आएको अनुदान चालू आर्थिक वर्ष ०८२/८३ बाट कटौती गर्ने निर्णय गरेको छ भने गत आव ०८१/८२ का लागि पनि प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै भुक्तानी दिने निर्णय गरेको छ। त्यसको विरोधमा किसानले आन्दोलन थालेका हुन्।
पहिलो चरणमा १५ भदौसम्म माग सम्बोधन नभए देशभरबाट थप किसान उतारेर आन्दोलन चर्काउने उखु उत्पादक किसान महासंघका संयोजक श्यामबाबु रायले जानकारी दिए।
हेर्नुस् तस्बिरहरू :
2025-08-25-02-24-15.jpeg)
2025-08-25-02-24-08.jpeg)
2025-08-25-02-24-01.jpeg)
2025-08-25-02-23-54.jpeg)
2025-08-25-02-23-46.jpeg)
2025-08-25-02-23-38.jpeg)
2025-08-25-02-23-30.jpeg)
2025-08-25-02-23-18.jpeg)