पहिरो हटाएर करिब १४ घण्टापछि त्रिभुवन राजपथ र कान्ति लोकपथ सञ्चालनमा ल्याइयो

शनिबार, ७ भदौ, २०८२
डिजिटल संस्करण

लगातारको वर्षापछि अवरुद्ध बनेको त्रिभुवन राजपथ र कान्ति लोकपथ दुवै सडक करिब १४ घन्टापछि सञ्चालनमा आएका छन्।

शुक्रबार राति १० बजेतिर भीमफेदी गाउँपालिका वडा नम्बर १ बागझोरा नजिक खसेको पहिरो डिभिजन सडक कार्यालय हेटौँडा र नेपाली सेनाको एक्साभेटर प्रयोग गरी हटाएपछि राजमार्ग खुलेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । 

राजमार्ग अवरुद्ध हुँदा १४ घण्टादेखि सवारीसाधन रोकिएका थिए । यस्तै, हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ पनि शनिबार बिहान ११:१५ बजेदेखि सञ्चालनमा आएको छ। शुक्रबार साँझ भीमफेदी गाउँपालिका–८, भर्याङडाँडा, बकैया गाउँपालिका–१२, सिमात खोला र जितपुर भञ्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सडकको माथिल्लो भागबाट ढुंगा खस्ने सम्भावना उच्च भएकाले यात्रामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

सुझावित समाचार