‘गज्जबको पिरो चाउचाउ’ अब ५० रुपैयाँमा पनि

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

‘गज्जबको पिरो चाउचाउ’ अब ५० रुपैयाँको प्याकेटमा पनि उपलब्ध हुने भएको छ । विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गर्दै आएको सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्रालिले यो सुविधा ल्याएको हो ।

यसअघि उक्त चाउचाउ प्रतिप्याकेट २० रुपैयाँमा उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले एक सय २० ग्रामको नयाँ तथा ठुलो प्याकेट गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराउन थालेको हो ।

नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउभन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ ।

कम्पनीका अन्य उत्पादनमध्ये लोकप्रिय उत्पादन गज्जबको पिरो चाउचाउ हो । उपभोक्ताले अत्यधिक रुचाएको यो उत्पादन नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ ।

See More On

सुझावित समाचार