लामिडाँडा खण्डमा ढुंगा र रुख खस्दा त्रिभुवन राजपथ अवरुद्ध

शनिबार, ३२ साउन, २०८२
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्र दामन पालुङ हुँदै हेटौंडालाई काठमाडौंसँग जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडास्थित त्रिभुवन राजपथ सडकखण्डमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मकवानपुर प्रहरीका अनुसार गएराती करिब १२: १५ बजेतिर सडक माथिबाट ठूलो मात्रामा ढुंगा र रुखसहितको पहिरो खसेर दुवैतर्फ आवतजावत रोकिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी भैसेको प्रहरी टोली घटनास्थलमा खटिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

स्थानीय पालिका र सडक विभागसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने कार्य भइरहेको उनको भनाइ छ । अहिले सडक अवरुद्ध भएकाले सो मार्ग हुँदै यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रवक्ता अर्यालले आग्रह गरे ।

सुझावित समाचार