फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिका– १०, फुरुम्बुमा फड्केबाट लडेर साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ। फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी बाँसको फड्के पुलबाट आमाछोरी चिप्लिएर खोलामा खसेका थिए।

फुरुम्बुकी शान्ता लिम्बू छोरीलाई बोकेर माइती जाँदै गर्दा फड्केबाट चिप्लिँदा दुवैजना खोलामा खसेका फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूले जानकारी दिए। आमा शान्ता लिम्बूलाई उनका ससुरा टकबहादुर लिम्बूले उद्धार गर्न सफल भए पनि छोरीलाई खोलाले करिब दुई सय मिटर तल बगाएको थियो।

ढुंगामा अल्झिएकी बालिकाको उद्धार गर्नुअघि नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार