उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

बुधबार, २२ साउन, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– ७, भान्टाबारीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार स्थानीय देवन विकको छोरा वर्ष ११ का दर्शन विकको मृत्यु भएको हो ।

उनले भने, ‘मंगलबार आफ्नै घरको बिजुली बल्बको होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।’ उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार