अविरल वर्षापछिको बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

सोमबार, २० साउन, २०८२
डिजिटल संस्करण

 केही दिनदेखिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाएका छन् । ताप्लेजुङमा बेलिब्रिज नै बगाएको छ ।

कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका– ५ लुदिनटारस्थित मुवाखोलामा आएको बाढीले फिदिम–फालोट सडकमा ह्युमपाइप बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरकै मिक्लाजुङ गाउँपालिका– ३ को थामथुम आरुबोटे–रवि सडकखण्डमा पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध छ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६, रानीपुलमा रहेको ओलाङचुङगोला सदरमुकाम जाने सडकअन्तर्गत तमोर नदीमा रहेको बेलिब्रिज बगाएको छ । वैकल्पिक मार्ग नभएकाले यात्रु तथा मालसामान ढुवानीमा गम्भीर समस्या भएको छ । 

सुझावित समाचार