मिकी एफसीले हात पार्‍यो बिपी स्मृति एमेचर फुटसलको उपाधि

शनिबार, १० साउन, २०८२
डिजिटल संस्करण

मिकी एफसीले जननायक बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पोखरामा आयोजना गरिएको बिपी स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।

नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउदेश्य कभडहलमा सम्पन्न फाइनल खेलमा सुजन डल्ले एफसीलाई १–२ गोल अन्तरले पराजित मिकीले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेताले मिकीले नगद एक लाख र उपविजेता सुजनले ५० हजार नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए। 

यसैगरि भेट्रान्सतर्फको उपाधि डल्फिन भेट्रान्सले हात पार्ने क्रममा नयाँ गाउँ भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्यो  । उपाधिसँगै हल्फिनले बोका प्राप्त गर्दा नयाँ गाउँले भाले पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । 

सुझावित समाचार