नहरमा डुबेर एकजनाको मृत्यु

शनिबार, ३ साउन, २०८२
डिजिटल संस्करण

कैलालीको लम्किचुहा नगरपालिका– ६, बाघमारामा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। 

रसाइली लम्कीचुहा– ६, गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए।  केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढिरहेको छ।  

शुक्रबार मात्रै गौरीगंगा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो। सोही नगरपालिका–११, ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो।

सुझावित समाचार