एमाले पोलिटब्युरो बैठक जारी

शनिबार, ४ साउन, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी(एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको हो। 

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्ने तालिका छ । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरूले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्नेछन् । शुक्रबार सातजना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए। 

विधान संशोधन प्रस्तावमा पार्टीको विधान(२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको संख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ। 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ। 

See More On

सुझावित समाचार